मुगुको सदरमुकाम गमगढी बजारमा भिषण आगलागी, २१ घर पूर्ण रुपमा नष्ट

0
2

मुगु – मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ। आगलागीमा परि २० घर जलेर नष्ट भएका छन् । मुख्य बजार क्षेत्रमा गएराति साढे १२ बजेको समयमा लामा समुदायको बस्तीमा आगलागी भएको हो । टिनले लामाको घरमा बालिएको दियोबाट आगो सल्किँदा २० घर पूर्ण रुपले नष्ट भएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले आगलागी नियन्त्रणका लागि थप १ घर भत्काइएको जानकारी दिनुभयो । एकआपसमा घरहरू जोडिएको र थप घरमा आगो नसल्कियोस् भनेर एक घर भत्काउनुपरेको उहाँको भनाइ छ । साँघुरो बाटो, काठबाट निर्मित कच्ची घरहरू एकअर्कासँग जोडिएको र दमकल पनि नभएका कारणले क्षति कम गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी महतले बताउनुभयो ।मानवीय क्षति नभए पनि कराडौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ । उहँँका अनुसार राति नै स्थानीयबासीले आगो निभाउने प्रयास गरे पनि सम्भव नभएपछि बिहान साढे ४ बजे मात्रै आगलागी नियन्त्रणमा आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here