ओखलढुङ्गामा बोलेरो दुर्घटना, ४ जनाको मृत्यु, १२ जना घाइते

0
7

ओखलढुङ्गा – ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ बुलडाँडामा बोलेरो दुर्घटना भएको छ। आज बिहान भएको उक्त दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । आज बिहान साढे ७ बजेको समयमा ओखलढुङ्गाको च्यामनबाट ककनी मन्दिरतर्फ दर्शनार्थी बोकेर जाँदै गरेको प्रदेश–३–०१–०२२ च ९६९४ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा परी सिद्धिचरण नगरपालिका–१० बस्ने ३५ वर्षीया मिठुमाया मगर, १६ वर्षीया तुलसा मगर, १९ वर्षीय खगेन्द्र मगर र ३६ बर्षीया शान्तामाया मगरलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका मध्ये ४ जनालाई मुस्ताङको एयरको हेलिकोप्टरद्वारा काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइते ३ जनाको स्वास्थ्य चौकी कटुन्जेमा उपचार भइरहेको र बाँकी घाइतेलाई मिसन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । प्रहरीका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here