धनुषामा निषेधाज्ञा जारी (विज्ञप्तिसहित)

0
7
A man rides on an empty street as long distance bus and land border crossings are shut down amid concerns about the spread of coronavirus disease (COVID-19), in Kathmandu, Nepal March 23, 2020. REUTERS/Navesh Chitrakar

काठमाडौं – जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरमा शनिबार दिउँसोदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको छ। जनकपुर उपमहानगरमा पर्ने देवपुरा रुपैठामा सम्प्रदायिक सदभाव खल्बलिने गतिविधि बढेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले शनिबार दिउँसो २ बजेदेखि आइतबार राति १० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले रुपैठामा साम्प्रदायिक सदभावमा खलल पुग्नेगरी नारा, जुलुस र हुलहुज्जत गरिरहेको बुझिएकोले शान्ति शुरक्षा अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको जानकारी दिनुभयो । निषेधाज्ञा अवधिभर स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३ (क) बमोजिम कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, घेराउ, -याली र सभाजस्ता क्रियाकपाल गर्न नपाउने प्रमुख जिल्ला अधिकारी बास्तोलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै आदेश उल्लंघन गर्ने जोसुकैलाई प्रहरीले कानुन बमोजिम कारबाही गर्न सक्ने विज्ञप्तिमा लेखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here