पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको बिरोधमा विप्लव समुह द्वारा ६ दिने आन्दोलनको घोषणा

0
4

काठमाडौं – पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको बिरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी ६ दिने आन्दोलनको घोषणा गरेको छ । पार्टी महासचिव विप्लवले वक्तव्य जारी गर्दै देश व्यापी विरोधदेखि नेपाल बन्दसम्मका कार्यक्रम सार्वजनिक गरेका छन् । घोषित कार्यक्रम अनुसार आज २५ गते देशव्यापी विरोध गर्ने, २६ गते मशाल जुलुस निकाल्ने, २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन गर्ने, २८ गते बिहान १० देखि ११ बजेसमम चक्काजाम गर्ने, २९ गतेदिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकाल्ने जनाइएको छ । अन्तिम दिन ३० गते नेपाल बन्द गर्ने कार्यक्रमसमेत विप्लव समूहले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here