काँग्रेसमा क्रियाशील विवाद सकियो

0
4

काठमाडौं – मंगलबार रौतहटको क्रियाशील विवाद टुंगिएसँगै नेपाली काँग्रेसमा क्रियाशील विवाद सकिएको छ । क्रियाशील विवादका कारण रौतहटका नेता कार्यकर्ता एकसय दिनभन्दा बढी समय पार्टी कार्यालयमा रिले अनसनमा बसेका थिए । सो विवाद टुंगिएसँगै उनीहरुले पनि अनसन तोड्ने तयारी गरेका छन् । वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा काँग्रेस निर्वाचन समितिले निर्वाचन अधिकृत खटाइएको छ । आगामी कात्तिक २७ गते सप्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सुर्खेत, डोल्पा, कैलाली, रसुवा र बाँके गरी १३ जिल्लामा वडा अधिवेशन हुँदै छ । उक्त १३ जिल्लामा कात्तिक ३० गते पालिका अधिवेशन हुने छ । हिमाली १३ जिल्लामा जिल्ला अधिवेशन समेत सम्पन्न गरिसकेको काँग्रेसले बाँकी हिमाली जिल्ला सोलुखुम्बु, दार्चुला र म्याग्दीमा कात्तिक २७ प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्दै छ । उक्त तीन जिल्लामा जिल्ला अधिवेशन भने मंसिर एक गते हुने छ । यस्तै जिल्ला अधिवेशन हुन बाँकी जुम्लामा पनि मंसिर एक गते अधिवेशन हुने छ । बाँकी ६१ जिल्लामा मंसिर ३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र मंसिर ६ गते प्रतिनिधिसभा क्षेत्रीय र एक निर्वाचन भएको जिल्ला अधिवेशन हुने छ । मंसिर १० गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन हुने छ ।
(रातोपाटिको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here