प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदी बीच बेलायतमा भेटवार्ता

0
8

काठमाडौँ – जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप– २६ को लागि बेलायत पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । भेटका अवसरमा दुई नेताबीच द्विपक्षीय पक्षीय सम्बन्धलगायका विषयमा छलफल भएको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ। सो अवसरमा प्रधानमन्त्री देउवाले नेपालको पूर्वाधार, रेल मार्ग, पेट्रोलियम पाईप लाईन, पुर्ननिर्माणका परियोजनालगायका क्षेत्रमा भारतले गरेको सहयोगप्रति मोदीलाई धन्यवाद दिएका थिए । त्यस्तै, कोभिडबिरुद्धको खोप र अत्यावसेकीय औषधी आपूर्तीमा नेपाललाई भारतले प्रदान गरेको सहयोगप्रति पनि प्रधानमन्त्री देउवाले मोदीलाई धन्यवाद दिएका थिए। विगतमा जस्तै रसायनिक मलको आपूर्तिमा भारतको निरन्तर सहयोग हुने पनि देउवाले आशा व्यक्त गरे । सो अवसरमा देउवाले महेन्द्रनगर, धनगढी, नेपालगन्ज र भैरहवाबाट थप हवाई मार्ग प्रवेशका लागि अनुमति दिन भारत सरकारसँग अनुरोध गरे। जबाफमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्धलाई अझै सशक्त बनाउन थप कार्य गर्ने बताउँदै नेपाललाई आवश्यकताअनुसार पूर्ण सहयोग गर्ने आश्वासन दिएका थिए। प्रधानमन्त्री देउवाले श्रीलंकाका राष्ट्रपति गोटावाय राजापाक्षेसँग पनि भेट गरेका थिए। भेटका अवसरमा दुई देशबीच शिक्षा र सांस्कृतिक सम्बन्ध प्रबद्र्धन गर्नेलगायतका विषयमा छलफल भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here