दश लाख भन्दा धेरैको नजरमा पर्यो सफल निर्देशक शंकर बिसीले लेखेको यो गीत

0
213

मैले जिन्दगीमा धेरै धेरै दुख पाएँ
दुख सुख गर्दा गर्दै यहाँ सम्म पनि आएँ
थाहा छैन कहाँ पुग्छु जिन्दगीको गोरेटोमा
बिन्ति गर्छु हे भगवान नछोड्नु है दोबाटोमा
अझै पनि मेरी आमा मेरै तस्वीर छुन्छिन होला
मलाइ केहि भयो भनि धुरुधुरु रुन्छिन होला
धुरुधुरु मेरी आमा रुन्छिन होला
मैले जिन्दगीमा,,,,,,,,,,,,,,,,,,,,
काठमाडौं – गीत संगीत ले मन नछुने मान्छे सायदै हुन्छन होला संसारमा ,यस्तै मन छुने अनि मन भक्कानिने गीत लेखे लोकप्रिय निर्देशक शंकर बिसी ले ” मैले जिन्दगीमा धेरै धेरै दुख पाएँ, दुख सुख गर्दा गर्दै यहाँ सम्म पनि आएँ” र यसलाई संगीत गरे चर्चित संगीतकार करण न्यौपानेले अनि गाए प्रेम परियारले , लाग्छ संकर बिसिका पहिलेका भोगाइ हरु सुन्दा र अहिलेका सफलता हरु देख्दा पक्कै पनि उनले आफ्नै जिन्दगीलाई आधारित बनाएर यो गीत लेखेका हुन्।
जति बयान गरेपनि नसकिने नेपालि सांगीतीक क्षेत्रका सफल निर्देशक शंकर बिशि अनि उनकै निर्देशन मा सोहि गीतको म्युजिक भिडियोमा उस्तै जिवन्त अभिनय गर्दिनुभयो बरिष्ट कलाकार लक्ष्मी गिरि अनि रोजवे रेग्मी ले । र चर्चाको शिखरमा पुग्यो यो गीत अहिले सम्म दस लाख भन्दा धेरैले हेरेको यस गीतको म्युजिक भिडियोलाई भने राजेश घिमिरेको छायांकनमा सुजन शाही ले सम्पादन गरेका हुन् ।
सबै संघर्सशील अनि सफल व्यक्तित्त्व हरुको जीवनसँग मेल खाने यो सदाबाहार गीतलाई बिन्दबासिनी म्युजिक प्रालि ले प्रकाशनमा ल्याएको हो ।
यस गीत र गीतको सम्पूर्ण परिवारलाई हाम्रो तर्फदेखी अझ धेरै धेरै सफलताको शुभकामना ।।।

गीत हेर्नको लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here