वन कुखरा मार्न ताकेको बन्दुकको छर्राले आफ्नै श्रीमतीलाइ लागेपछि फरार श्रीमान पक्राउ

0
13

काठमाडौं – गुल्मीमा दुई दिनअघि जंगलमा वन कुखरा मार्न भनि एक पुरुषले ताकेको बन्दुकको छर्रा लागेर उनकै श्रीमती ढलेकी छन् । गोली चलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १५ गते राति करिव १० बजेको समयमा जिल्लाको मुसिकोट नगरपालिका–४, बडागाउँ काप्भलाका दिपक काउछा र उनकी ४२ वर्षीय श्रीमती वसन्ती काउछा घरबाट २ सय मिटरको दुरीमा पर्ने धारापानी जंगलमा वन कुखरा मार्न बन्दुक बोकेर गएका थिए । सोही क्रमममा वन कुखुरालाई प्रहार गरेको गोलीको छर्रा उनकै पत्नीको ढाडमा लागेको थियो । घटनास्थलमै घाइते भएर ढलेकी वसन्तीको हाल छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पारिवारिक स्रोतका अनुसार उनको पेटबाट गोलीका ४÷५ वटा छर्रा निकालिएको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार उक्त घटनाबारे प्रहरीलाई मंगलबार मात्र जानकारी भएको हो । बन्दुक प्रहार गर्ने दिपक सो घटनालगत्तै फरार भए पनि प्रहरीले सोही वडाको गजुङ्गा भन्ने स्थानमा लुकीछिपी बसेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here