मुक्तिनाथ विकास बैंकले गर्यो १८ दशमलव ५० प्रतिशत लाभांश घोषणा

0
4

काठमाडौँ – मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बसेको बैठक लाभांश प्रस्ताव हाल कायम चुक्ता पूँजीको १७ दशमलव ५७ प्रतिशत बोनस सेयर र उक्त बोनसको कर प्रयोजनको लागि शून्य ९२ प्रतिशत गरी कुल १८ दशमलव ५० प्रतिशत नगद लाभांश घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी १५औँ वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । हाल चार अर्ब ८१ करोड १५ लाख रुपैयाँ रहेको बैंकको चुक्ता पूँजी १७ दशमलव ५७ प्रतिशत बोनस वितरणपछि पाँच अर्ब ६५ करोड ६९ लाख रुपैयाँ पुग्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here