एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्दै

0
7

मकवानपुर- अष्टलक्ष्मी शाक्यले बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा बुझाएसँगै एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे आज बिहीबार बागमती प्रदेशको मुख्यमन्त्री बन्दैछन्। गठबन्धनले पाण्डेलाई मुख्यमन्त्रीमा दाबी पेस गरेको छ । गठबन्धनले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी गर्दै ५९ जनाको हस्ताक्षर हिजै साँझ बुझाइ सकेको छ । प्रदेश प्रमुखको कार्यालयले पनि आज दिउँसाे ३ बजेभित्र मुख्यमन्त्रीमा दाबी गर्न समय दिएको छ । बागमती प्रदेशसभामा रहेका १०९ सांसदमध्ये सरकार बनाउन ५५ जना आवश्यक पर्छ । पाण्डेलाई आफ्नै पार्टी एकीकृत समाजवादीको १३, नेकपा माओवादी केन्द्रका २३, कांग्रेसको २२ र जसपाको १ गरी ५९ जना सांसदको समर्थन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here