हेर्नुहोस आज कतिमा कारोबार भैरहेको छ सुन

0
11

काठमाडौँ – बिहीबार नेपाली बजारमा सुनको भाउ बढेको छ। आज सुन तोलामा ४०० रुपैयाँले बढेको हो । छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो बुधबार प्रतितोला रु ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ । आज तेजावी सुन प्रतितोला रु ९२ हजार ४०० रहेको छ । जसको मूल्य बुधबार प्रतितोला रु ९२ हजार रहेको थियो। सुनको भाउ बढेपनि आज चाँदीको भाउ भने स्थिर रहेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार २५० मा रहेको छ । बसधबार पनि चाँदी रु, १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here