काठमाडौं – नेकपा का अध्यक्ष्य केपी शर्मा ओलीको अनुपस्थीती मा पार्टी बैठक को अध्यक्षता नेकपाका अर्का अध्यक्ष्य पुष्पकमल दाहाल ”प्रचण्ड” ले गर्ने सहमति भएको छ । प्रधानमन्त्रीसमेत रहेका ओली आफ्नो उपचार को लागि सिंगापुर जानुअघि बसेको नेकपा सचिवालयको बैठकमा यो सहमति भएको हो ।
नेकपामा ओली र प्रचण्ड दुवै अध्यक्ष छन् । तर बैठक बोलाउने अधिकार प्रचण्डलाई थिएन । प्रत्येक बैठकको अध्यक्षता ओलीलेनै गर्दै आएका छन् ।
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली बिहीबार सिंगापुर जाँदै छन् । उनी कम्तिमा एक साता उतै रहने छन् ।