जापानको एक कम्पनीले बनायो उड्ने बाइक ,मूल्य ८ करोड १७ लाख रुपैयाँ’ (हेर्नुहोस भिडियो )

0
12

एजेन्सी – जापानको एउटा कम्पनीले उड्ने बाइक बनाएको छ। समाचार संस्था रोयटर्सका अनुसार फुटबल खेलाडी केउसुके होन्डाले सुरू गरेको स्टार्टअप कम्पनीले बनाएको उक्त बाइक मंगलबार बिक्रीका लागि राखिएको छ। उक्त बाइकको मूल्य ६ लाख ८० हजार अमेरिकी डलर (८ करोड १७ लाख रुपैयाँ) राखिएको छ। टोकियोको ड्रोन स्टार्टअप एएलआई टेक्नोलोजीले बाइकमा परम्परागत इन्जिन राखेको छ भने ब्याट्रीबाट चल्ने चार वटा मोटर जोडेको छ। यो बाइक एक पटकमा ४० मिनेट उड्न सक्छ। यसको गति प्रतिघन्टा सय किलोमिटर रहेको समाचारमा उल्लेख गरिएको छ। जापानका व्यस्त सडकहरूमा उड्ने बाइक चलाउन सरकारले अनुमति दिएको छैन। अहिले उक्त बाइकको प्रयोग उद्धार कार्य र दुर्गम ठाउँमा जानलाई हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here