१० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप चीनबाट नेपाल आइपुग्यो

0
36

काठमाडौं – सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप चीनबाट नेपाल आइपुगेको छ। आज बिहान ९ बजे उक्त खोप त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार नेपालले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त चीनबाट ५९ लाख खोप खरीद गर्ने सम्झौँता गरेको छ । सोही सम्झौँताको पहिलो लट आज आएको हो । उनले कोभ्याक्स सुविधा अन्तरगर्त थुप्रै परिमाणमा खोप आए पनि कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त आएको यो पहिलो लटको खोप भएको बताए । खोप टेकुस्थित खोप भण्डारण केन्द्रमा राखि आवश्यकता अनुसार वितरण गर्ने योजना रहेको विभागका आपूर्ति व्यवस्था शाखाका प्रमुख उपेन्द्र ढुंगानाले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here