काठमाडौँ – आज नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुन तोलामा ६०० रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । छापावाल सुन हिजो मंगलबार प्रतितोला रु ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आइतबारबाट लगातार बढेको सुनको भाउ आज ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुन प्रतितोला रु ९१ हजार ५०० रहेको छ । जसको मूल्य मंगलबार प्रतितोला रु ९२ हजार १०० रहेको थियो। सुनको भाउ सँगै आज चाँदीको भाउ पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार २५० मा रहेको छ । मंगलबार चाँदी रु, १००० २६५ रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।