लोकतन्त्र, संविधान र गणतन्त्रको रक्षा गर्ने पार्टी एमालेमात्रै रहेको ओलीको दाबि

0
5

काठमाडौं – नेकपा एमालेका अध्यक्ष एबम पूर्व प्रधानमन्त्रि केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र गणतन्त्रको रक्षा गर्ने पार्टी एमालेमात्रै रहेको बताएका छन् । नेकपा एमालेको पालिकास्तरीय अधिवेशन उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले सुशासन र विकासको बाटोबाट समृद्धि हासिल गर्ने उद्देश्य एमालेले राखेको बताए । ‘देशलाई सामाजिक न्याय, शान्ति सुव्यवस्था र मानवीय मूल्यको मर्यादा समेतका आवश्यकतालाई हासिल गरेर समृद्ध नेपाल, सुखी नेपाली निर्माण गर्ने उद्देश्यमा हाम्रो पार्टी लागिरहेको छ,’ उनले भने, ‘हाम्रो पार्टीमात्रै लागिरहेको छ ।’ ‘राष्ट्र निर्माणका बारेमा सोच्ने अरु कुनै पार्टी छैन । एमालेको मात्रै छ । अरु पार्टी साना स्वार्थको भूमरीमा रुमलिइरहेका छन्,’ आफ्नो पार्टी एक्लैले संविधानको रक्षा गर्ने, गणतन्त्रको रक्षा गर्ने, तीनको सही ढंगले कार्यान्वयन गर्ने, तीनलाई सफलतापूर्वक अघि बढाउने जिम्मेवारी लिएको समेत ओलीले दाबि गरेका छन्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here