पहिरोले घर पुरियो , घरमुली सम्पर्कमा आएनन …..

0
144

पर्वत – बिहीबार बिहान कुश्मा–२ खुर्कोटको बुढीस्वाँर भन्ने ठाउँमा मा पहिरो जाँदा एक घर पुरिएको छ । स्थानीय रेमबहादुर चालिसेको २ तले घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ । पहिरो करिब २० मिटर माथिबाट खसेको छ । पहिरोको गएको जानकारी पाए लगत्तै घटनास्थलमा पुगेका पर्वतका प्रहरी प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार घरमुली ७० वर्षीय रेमबहादुर चालिसे सम्पर्कविहीन छन्। तर ‘उहाँको मोबाइलमा फोन गइरहेको छ। फोन रिसिभ भएको छैन,’ अर्यालले भने, ‘घरमुली पहिरोमा पुरिएको वा बाहिर कतै गएको बारे खुलेको छैन।’ एक्लो घर भएकोले पहिरो कतिबेला गएको भन्ने नखुलेको समेत अर्यालले बताए।

बिहान करिब ६ बजेतिर रेमबहादुरका छिमेकीले पहिरोमा घर पुरिएको बारे प्रहरीलाई खबर गरेका थिए। सदरमुकामबाट प्रहरी प्रमुख अर्यालसहित सांसद पदम गिरी, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, कुश्माका नगरप्रमुख रामचन्द्र जोशी लगायतको टोली घटनास्थलमा पुगेको छ।

चालिसेका दुई भाई छोराहरु गाउँबाहिर रहेको र श्रीमती बुधबारै छोरीको घर गएका कारण घटनाबारे अरु विवरण पाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजन रायमाझीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here