काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी नागरिक पक्राउ

0
4

काठमाडौं – काठमाडौंको सिनामंगलस्थित एक होटलबाट प्रहरीले ११ जना अफगानी नागरिकलाइ पक्राउ गरेको छ। सिनामंगलको एक होटलमा विदेशी नागरिक लुकिछिपी बसेका छन् भन्ने सूचनाका आधारमा सोमबार अर्थात आज उनीहरुलाई पक्राउ गरिएको सीआईवीका प्रवक्ता श्यामकुमार महतोले बताएका छन् । अफगानिस्तानमा तालिवानले सत्ता लिएपछि देश छोड्नेको संख्या बढेको छ। उनीहरु पनि त्यही क्रममा भारत हुँदै नेपाल प्रवेश गरेको देखिएको छ। उनीहरुको साथबाट भारतीय कागजात पनि प्रहरीले बरामद गरेको छ। ती कागजातबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here