निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री देउवाबीच भेटघाट चुनावी विषयमा छलफल

0
10

काठमाडौं – निर्वाचन आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । सोमबार दिउँसो भएको भेटमा आगामी स्थानीय चुनाव लगायतका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले बतायो । प्रधानमन्त्री देउवासँग भेट गर्न प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा आयोगका पदाधिकारीहरू सिंहदरबार पुगेका थिए । पदाधिकारीहरूले चुनावका लागि भइरहेको तयारी र आयोगका आवश्यकताहरूबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए । आगामी जेठ ५ पछि स्थानीय तहका पदाधिकारीहरूको पदावधि समाप्त हुँदैछ । त्यसैगरी विभिन्न ठाउँमा उपचुनावहरू पनि गर्नुपर्ने स्थिति छ । अर्कोतर्फ अर्ली इलेक्सनका बारेमा पनि छलफल चलिरहेको छ । यिनै सन्दर्भमा प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच विश्लेषणात्मक छलफल भएको प्रधानमन्त्री निकट स्रोतले बतायो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here