सुनको मूल्य बढ्यो

0
6

काठमाडौँ – आज नेपाली बजारमा सुनको भाउ पुनः उकालो लागेको छ । बुधबारबार ४०० रुपैयाँले घटेको सुनको भाउ आज बिहीबार भने प्रतितोला ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन बुधबार प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। आज बडा दशैँको पहिलो दिन नै बजारमा सुनको भाउ बढेको हो । त्यस्तै, आज तेजावी सुनको भाउ पनि बढेको छ । आज तेजावी सुन प्रतितोला ८९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो मंगलबार तेजावी सुन प्रतितोला ८९ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज सुनको भाउसँगै चाँदीको भाउ पनि उकालो लागेको छ । आज चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बुधबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here