पाकिस्तानमा शक्तिशाली भूकम्प,हालसम्म २० जनाको मृत्यु भइसकेको पुष्टि,धेरै क्षति पुर्याएको अनुमान

0
10

काठमाडौं – पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । बिहीबार बिहान करिब ३ बजेतिर गएको भूकम्पमा परि कम्तिमा पनि २० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले बताएका छन् । त्यस्तै कयौं मानिसहरु घाइते तथा संरचनाहरु भत्किएको समाचारहरुमा उल्लेख गरिएको छ । भत्किएका घर तथा संरचनाहरुमा कयौँ मानिस च्यापिएको अनुमान गरिएको छ । भूकम्प ५.९ म्याग्निच्युटको मापन गरिएको छ । बिहान सुतिरहेको अवस्थामा भूकम्प आएकाले धेरै मानवीय क्षति भएको बताइएको छ । हालसम्म २० को मृत्यु भइसकेको पुष्टि भएपनि भूकम्पले धेरै क्षति पुर्याएको अनुमान गरिएको छ । यद्यपि यकिन तथ्याङ्क भने आउन बाँकी नै रहेको छ ।

                               (स्रोत : नयाँ पुस्ता डट कम)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here