भ्रमपूर्ण समाचार प्रति सर्वोच्चको आपत्ति, सत्यता पुष्टि गर्न सञ्चारमाध्यमलाई चुनौती

0
18

काठमाडौं – सर्वोच्च अदालतले प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बन्न लागेको भन्दै मिडियामा प्रकाशित समाचारको सत्यता पुष्टि गर्न सञ्चारमाध्यमलाई चुनौती दिएको छ । सोमबार अपरान्ह सर्वोच्च प्रशासनले विज्ञप्ति जारी गर्दै समाचारको सत्यता पुष्टि गर्न चुनौती दिएको हो । आइतबार साँझ र सोमबार केही सञ्चारमाध्यमले प्रधानन्यायाधीशको कोटाबाट दीपक तिमिल्सिना मन्त्री बन्न लागेको समाचार प्रकाशित गरेका थिए । सोही समाचारको खण्डन गर्दै अदालतले यसप्रति ध्यानाकर्षण भएको र समाचार मिथ्या भएको दावी गरेको छ । अदालतले भनेको छ,‘यसप्रकारको मिथ्यापूर्ण, भ्रामक समाचारहरूको विश्वासमा नपर्न आम नागरिक सबैमा अनुरोध गर्दै न्यायपालिकासँग सम्बन्धित समाचारहरु प्रकाशन गर्दा सत्यतथ्य बुझी आधिकारिकता पुष्टि हुने गरी समाचार प्रकाशन गर्नसमेत सम्बन्ध सञ्चारमाध्यमहरुमा सर्वोच्च अदालत आग्रहसमेत गर्दछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here