६ मिनेट बसेर सकियो प्रतिनिधिसभाको बैठक

0
9

काठमाडौं – आज बसेको प्रतिनिधिसभाको बैठक ६ मिनेट मात्रै बसेर सकिएको छ । एमाले सांसदहरुको नाराबाजीका बीच बैठक केहीबेर चलेर स्थगित भएको थियो। उक्त बैठकमा सम्बोधन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले नियमित रुपले बैठक अवरुद्ध गर्दा विभिन्न महत्त्वपूर्ण विषयमा छलफल हुन बाधा व्यवधान पुगिरहेकोतर्फ समेत ध्यानाकर्षण गराए थिए । नाराबाजीकै बीच उनले राष्ट्रपतिको कार्यालयबाट विनियोजन विधेयक पारित भएको सम्बन्धी प्राप्त सूचना पढेर सुनाएका थिए । सापकोटाले सभा सञ्चालनका लागि सहयोग गर्नु हामी सबैको समान दायित्व रहेको भन्दै सभामा आफ्ना कुराहरु राखेर बैठकलाई सुव्यवस्थित तरिकाबाट सञ्चालन गर्न आ–आफ्ना आसन ग्रहण गरी सहयोग गर्न अनुरोधसमेत गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here