‘खालि निधार’ लिएर बजारमा उत्रिए सर्जक/ संचारकर्मी बासुदेव पोख्रेल आखिर केहोत रहस्य?(भिडियो)

0
1044

गुल्मी – हिन्दु नेपाली नारिहरुको महान पर्व हरितालिका तिजको समापन संगै नेपाली सांगीतिक क्षेत्रले दशै आएको झझल्को दिइसकेको छ । यहि परिवेसमा नेपालीहरुको महान पर्व वडा दशैलाइ लक्षित गर्दै पछिल्लो पुस्तामाझ अत्यन्तै सम्भावना बोकेका सर्जक एबम संचारकर्मी बासुदेव पोखरेलले “खाली निधार” बोलको दशै गीत लिएर बजारमा आएका छन् । प्रदेशको दुख त्यसमाथी अहिले झन कोरोना भाइरसबाट थिलो थिलो वनेको विश्व अनि यहि कारणले दुःख माथि दुःख थपिएर घरमा आउन नपाउदाको पिडालाई गीतमा उतारिएको छ । वर्ष दिनको दशैमा घरमा आउने मन हँदा हुँदै पनि विदा अनि धनको कारणले आउन नपाएपछी आफ्नो प्रेमीकालाई प्रदेशबाटै “खाली निधार” नराख्न आग्रह प्रेमिले गरेका छन भने घरमा वसेकी प्रेमीकाले धन सम्पत्ति नभएपनी दशै तिहार सँगै मनाउने हो भन्दै घरमा आउन आग्रह गरेको दृश्य गीतले वोलेको छ। गीतको भिडियोमा प्रकाश क्षेत्रीको निर्देशन, बिरेन्द्र भट्टको छायांकन तथा अनिल रानाको सम्पादन रहेको छ। सर्बसम्मान म्युजिक प्रालिले बजार ब्यबस्थापन गरेको उक्त गीतलाई कोशेली नेपालको अफिसियल य़ुट्युव च्यानल मार्फत सार्बजनी गरिएको हो। गीतको भिडियोमा सुर्य ओली र स्वस्तिका सिंहको अभिनय देख्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here