बुटवल उपमहानगरपालिकाका मेयरमाथि स्थानीयद्वारा मुक्का प्रहार

0
11

बुटवल – पहिरो गएको लामो समयसम्म पनि सरकारले विस्थापितलाई बेवास्ता गरेको भन्दै आक्रोशित बनेका स्थानीय युवाले सोमबार बिहान पहिरो अवलोकनका लागि पुगेका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि हातपात गरेका छन्। बुटवल ३ ज्योतिनगरमा गएको पहिरोको अवलोकनका लागि पुगेका सुवेदी माथि स्थानीय एक युवाले मुक्का प्रहार गरेका हुन्। गत भदौ १३ गते बिहान उक्त स्थानमा पहिरो जाँदा झन्डै एक दर्जन घर पहिरोले पुरिएका थिए भने ५० भन्दा बढी घरपरिवार विस्थापित भएका थिए। अवलोकनका लागि पुगेका मेयर सुवेदी स्थानीय आक्रोशित बनेपछि फर्किएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here