नागरिकको मुहारमा स्थायी खुसी ल्याउँने प्रधानमन्त्री देउवाको उद्घोष

0
10

काठमाडौं – सातौं संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक प्रणालीलाई मजबुत बनाउँदै मुलुकको समुन्नतितर्फ आगामी यात्रा तय गर्न आवश्यक रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले नागरिकका अपेक्षा, आकांक्षा, आशा र असन्तुष्टिलाई सम्बोधन गर्दै लोकतान्त्रिक माध्यमबाट सबै समस्याको समाधान गर्न सरकार प्रतिवद्ध रहेको पनि बताएका छन् । देउवाले नेपालको संविधानले शहीदहरुको सपना, नागरिकको आकांक्षा र नेपाली जनताको भविष्यलाई एकाकार गरेको उल्लेख गर्दै संविधानको कार्यान्वयनमार्फत जनताको मुहारमा खुसी ल्याउने सरकारको लक्ष्य रहेको समेत धारणा राखे । ‘यस संविधानको सफल कार्यान्वयनबाट मुलुकको समृद्धि र नागरिकको मुहारमा स्थायी खुसी ल्याउने हाम्रो लक्ष्य हो, देउवाले सम्बोधनका क्रममा भने । देउवाले विधिको शासनको अपरिहार्य कडी संवैधानिक सर्वोच्चता र त्यसलाई संस्थागत गर्ने संविधान भएको उल्लेख समेत गरेका छन् । देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यम संघीय, दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संविधानको मूल उदेश्य भएको उल्लेख गर्दै यस विषयमा निरन्तर इमान्दारीपूर्वक काम गर्ने प्रतिवद्धता कार्यक्रममा व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here