“गर्नु गर्यौ बलराम भैंसी पालेर” को अपार सफलता पछी अर्जुन गैह्रेले ल्याए “धुलो खाएर” (भिडियो)

0
21

काठमाडौं- गर्नु गर्यौ बलराम “भैंसी पालेर” को अपार सफलता पछी लोकप्रिय सर्जक एबम गायक अर्जुन गैह्रेले आफ्नो नयाँ गीत “धुलो खाएर” बजारमा लिएर आएका छन । अर्जुन गैह्रेकै शब्द तथा लय रहेको गीतमा स्वयम् अर्जुन गैह्रे र सुनिता बुढा क्षेत्रीको आवाज रहेको छ। विन्ध्यवासिनी म्युजिक प्रालिको निर्माण तथा बजार ब्यबस्थापन रहेको उक्त गीतको भिडियोलाई पनि विन्ध्यवासिनी म्युजिक प्रालिकै अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। भिडियोमा प्रकाश भट्टको निर्देशन, बिष्णु शर्माको सम्पादन, दुर्गा पौडेलको छायांकन तथा लोकप्रिय मोडेल अन्जली अधिकारि र लोमश शर्माको जिवन्त अभिनय रहेको । मार्मिक अनि यथार्थपरक शब्दहरुले स्रिङ्गारिएको उक्त गीतलाई दर्शक स्रोताहरुबाट पनि राम्रो प्रतिक्रिया आइरहेको देखिन्छ। सार्वजनिक भएको छोटो समयमै यति धेरै मायाँ र प्रसंसा पाइरहेको यस गीतले सफलता पाउनेमा कुनै दुबिधा देखिदैन । गीत र गीतसङ्ग सम्बन्धित सम्पूर्ण टिमलाई झंकार न्युजको तर्फदेखी पनि लाखौँ करोडौँ सफलताको शुभकामना ।।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here