बढ्यो सुनको भाउ

0
2

काठमाडौँ – आज नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । मंगलबार स्थिर रहेको सुनको भाउ आज बुधबार भने तोलामा ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो पनि प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज तेजावी सुनको भाउ पनि बढेको छ । आज तेजावी सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो पनि तेजावी सुन प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज सुनको भाउ बढेपनि चाँदीको भाउ भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here