कोरोना महामारीका कारण चार महिना पर धकेलिएको कक्षा १२ को वार्षिक परीक्षा आज देखि सुरु

0
5

काठमाडौँ – कोरोना भाइरस महामारीका कारण चार महिना पर धकेलिएको कक्षा १२ को वार्षिक परीक्षा आज अर्थात बुधबारबाट सञ्चालन भएको छ। पहिलो दिन आज अनिवार्य अंग्रेजीको परीक्षा भएको छ । असोज ८ गते सम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी छन्।
परीक्षामा विद्यार्थीलाई होम सेन्टर कायम गरिएको छ, ४ हजार ३१५ वटा परीक्षा केन्द्र छन्। गत जेठमा हुनुपर्ने परीक्षा कोरोना संक्रमणका कारण ३१ साउनका लागि सारिएको थियो । तर, कोरोना नियन्त्रणमा नआएको र जोखिम कायमै रहेको भन्दै फेरि परीक्षा सारिएको थियो। परीक्षा बोर्ड (कक्षा ११ र १२ हेर्ने) परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार अधिकांश विद्यार्थीले खोप लगाइसकेको र संक्रमण पनि कम हुँदै गएकाले परीक्षा सञ्चालन भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here