शौचालय जाने बहाना गरी हतकडी फुकालेर भागेका अभियुक्तलाई प्रहरीले पक्राउ गर्यो

0
7

वीरगञ्ज – आइतबार बिहान शौचालय जाने बहाना गरी हतकडी फुकालेर भागेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। क्षयरोगको उपचार चलिरहेको समयमा नारायणी अस्पतालबाट उक्त अभियुक्त भागेका थिए । चितवनको भरतपुर महानगरपालिका–३ का १४ वर्षीय किशोरलाई भन्सार क्षेत्रबाट सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साकाले जनाएको छ। भदौ १६ गते प्रतिबन्धित लागूऔषध फेनारगन २१ थानसहित उनी पक्राउ परेका थिए । पर्सा जिल्ला अदालतमा उनी विरुद्ध लागूऔषध ओसारपसार मुद्दा दर्ता गरी हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको थियो । मुखबाट रगत निस्केपछि भदौ २२ गते उपचारका लागि नारायणी अस्पताल लगिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here