म अझै १५ वर्ष बाँच्छु तर केहीले मरिहालोस् भनेका छन् :प्रधानमन्त्री ओली

0
27

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै १५ वर्ष बाँच्ने बताउनु भएको छ । संविधान दिवसको पूर्वसन्ध्यामा गृहमन्त्रलयाले बुधबार आयोजना गरको कार्यक्रमलाई सम्बोधन गर्दै आफू अझै १५ वर्ष बाच्ने बताउनु भएको हो ।
उहाँले आफूलाई कसैले मरिहालोस् भन्ने चाहेको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘केहीले मरिहालोस् भनेका छन् तर म अझै १५ वर्ष बाँच्छु ।’
आफू भोलि अर्थात (बिहीबार) सिंगापुर जान लागेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘म भोलि सिंगापुर जाँदैछु। केही मान्छेले यो मरिहालोस् पनि भनेका छन् । तर म अहिले मर्दिन, अर्को चुनावमा आफ्नो अस्तित्व रक्षाका लागि तयार भएर बसे हुन्छ ।’

भोलि उपचारको लागि सिङ्गापुर जान लागेको भए पनि आफू बिरामी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म उपचारका लागि जान लागेको हो । तर अहिले म बिरामी होइन, १५ वर्षअघि बिरामी भएको हुँ।’

यसअघि प्रधानमन्त्री ओली साउन १८ गते सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराई साउन २७ गते स्वदेश फर्कनुभएको थियो ।
प्रधानमन्त्री ओलीले १२ वर्षअघि मिर्गौलाको प्रत्यारोपण गर्नुभएकाे थियाे । ०६४ साउनमा दिल्लीस्थित एपोलो अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
उक्त मिर्गौलाको काम गर्ने क्षमतामा ह्रास आएपछि प्रधानमन्त्री ओली उपचारका लागि पुनः सिंगापुर जाँदैहुनुहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here