ह्वात्तै घट्यो सुनको भाउ

0
20

काठमाडौँ – बुधबार सुनको भाउ ह्वात्तै घटेको छ । हिजो मंगलबार स्थिर रहेको सुनको भाउ आज एकै दिन प्रतितोला ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज तेजावी सुनको भाउ पनि घटेको छ । आज तेजावी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज सुनको भाउ सँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here