एकै परिवारका ६ जनाको हत्या

0
3

काठमाडौं – संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ । आइतबार राति मादी–१ का स्थानीय तेजबहादुर कार्कीको परिवारलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । सोमबार बिहान प्रहरीमा घटनाबारे जानकारी आएको डीएसपी सुबेदीले बताए । उनले जिल्लाबाट प्रहरी घटनास्थलतर्फ गएको जानकारी दिए । प्रहरीका अनुसार ५८ वर्षिय तेजबहादुर कार्की, उनकी ८० वर्षीया आमा पार्वता कार्की, श्रीमती ५६ वर्षीया कमला कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको छ । डीएसपी सुवेदीका अनुसार घटनास्थल नजिकैको प्रहरीले घटनास्थललाई सुरक्षित राखेको छ ।घटनाबारे थप विवरणहरु प्राप्त हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here