मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु

0
6

दाङ- मोटरसाइकल दुर्घटनामा परि एकजना पुरुषको मृत्यु भएको छ । दाङको लमही नगरपालिका–४ हसनपुरका ४६ वर्षीय शिव गिरीको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको हो । गएराती लमही–५, रातोडाँडा भन्ने स्थानबाट हसनपुरतर्फ जाँदै गरेको रा ७ प ७८५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । मोटरसाइकलमा सवार गिरी गम्भीर घाइते भएलगत्तै उपचारका लागि लमही अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा उनको राती पौने १२ बजे मृत्यु भएको दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here