बढ्यो सुन चाँदीको भाउ

0
13

काठमाडौँ – गत शुक्रबार १ सय रुपैयाँले घटेको सुनको भाउ साताको पहिलो दिन अर्थात आइतबार (आज) तोलामा ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन शुक्रबार ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज तेजावी सुनको भाउ पनि बढेको छ । आज तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजावी सुन ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी १ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here