छाडा गीत गाउने भनेर उछितो काड्ने हरुले मौलिक गीत गाउँदा तारिफ गरेको खै?

0
122

नेपाली सांगीतिक आकाशमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका हुन् ज्योति मगर। राजधानी सहरदेखि धेरै टाढा अर्थात बिकट भनिएको ठाउँमा जन्मिएर अनेकौं दुख र संघर्ष गर्दै आज यो स्थानमा उभिएकी छन् लोकप्रिय गायिका ज्योति मगर। महिला त्यसमाथि एउटा सामान्य परिवार अनि सहर देखि धेरै टाढा जन्मिएकी उनि सजिलै लोकप्रिय गायिका ज्योति मगर भएकी हैनन् , धेरै बाध्यता अनि बिबसता संग सुध्दै आफ्नो स्थान खोजिरहेकी गायिका मगरलाई संघर्षको समयमा खुट्टा तान्नेहरुको कमि भएन, धेरै आरोप प्रत्यारोप खेप्दै धेरै अप्ठ्यारा जन्जिरहरुलाई छिचोल्दै यथास्थानमा आएकी हुन् गायिका ज्योति मगर। अरुबेला रमाइला खालका गीतहरु गाउने ज्योति मगरले अहिले भने एउटा मौलिक अनि वियोगान्त तीजको कोसेली ‘माइतीको माया बरिलै’ लिएर बजारमा आएकी छन्। जुन गीतमा शब्द लय अनि स्वर उनकै रहेको छ भने संगीत संयोजन योगेश काजीको रहेको छ। स्मृति तिमिल्सिना ‘गुरुआमा’ को निर्देशन, ज्योति मगर, रीतिका कुँवर, शेर बहादुर डिसी, र गङ्गा मगरको अभिनय तथा अजय रेग्मीको छायांकन, पदम सुबेदीको सम्पादन र मिलन विश्वकर्माको रंग संयोजन रहेको गीतको भिडियोलाई ज्योति मगरले आफ्नै अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरेकी हुन्। यो तीजमा मौलिक मर्स्परसी अनि यथार्थ परक गीत लिएर आएकी गायिका ज्योति मगरलाई हिजका दिनमा छाडा गीत गाइ भन्नेहरुले आज तारिफ गरेको खै? के कुरा काट्नलाई मात्रै हो हाम्रो समाज, राम्रो कामको लागि प्रोत्साहान खै ??????

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here