उपत्यकामा डेङ्गु फैल्याउने लामखुट्टे र लार्भा छ्यापछ्याप्ती

0
25

काठमाडौँ । सुनसरीको धरानबाट सुरु भएको डेङ्गु अहिले कास्की हुँदै मकवानपुरमा पनि देखिको छ । धरानमा वैशाखमा फैलिएको डेङ्गु अहिलेसम्म पनि नियन्त्रणमा आउन नसक्दा धरान आसपासका शहर हुँदै डेङ्गु पोखरा, हेटौँडा लगायतका शहरमा पनि फैलिसकेको छ । हाल धरान, पोखरा र हेटौँडामा फैलिएको डेङ्गु नियन्त्रणको लागि स्थानियस्तर देखि केन्द्रलाईनै चुनौति बनेको छ । डेङ्गु संक्रमितको सङ्ख्या हेर्ने हो भने अहिलेसम्म सबैभन्दा धेरै सुनसरीको धरानमा देखिएको छ ।

२०७६ साउन २२ सम्मको तथ्याङ्कलाई हेर्ने हो भने यसका रोगी धरान उप–महानगरपालिकामा अधिकतम रहेको छ । वैशाख ३० देखि अहिले सम्म २ हजार ८ सय ३ जनामा डेङ्गुको संक्रमण देखिएको छ । यस्तै कास्की मा साउन ४ देखि पोखरा महानगरपालिका वडा नं. ८ शिबालयमा पहिलो डेङ्गुका विरामी देखा परेको थियो । सो ठाउँमा अहिलेसम्म १८ जना डेङ्गुको संक्रमण फैलिएको छ । मकवानपुरको हेटौडा उप—महानगरपालिका वडा नं.४ मा डेङ्गु विरामी देखापरेको छ । सो ठाउँमा साउन ११ गते सम्म ३८ जना डेङ्गु संक्रमित भेटिएको जनाएको छ ।

डेङ्गु संक्रमित बिरामीको स्थानीय अस्पतालमा उपचार भइरहेको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक डा. विवेकलालका अनुसार संक्रमण फैलिए पनि प्रभावकारी उपचारका कारण ज्यान गुमाउनु पर्ने अवस्था भने नआएको बताए । डेङ्गु फैलिएको क्षेत्रमा नियन्त्रण तथा बच्ने उपायबारे सूचना प्रवाह भइरहेको र लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने कार्य नियमित रुपमा संचालन भइरहेको पनि महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here