गगन थापाले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने घोषणा

0
8

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले १४औं महाधिवेशनका लागि महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित एल लार्यक्रममा सम्बोधन गर्दै थापाले महामन्त्रीमा आफुले उम्मेदवारी दिने घोषणा गरेका हुन् । १३औं महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेदवार बनेका थिए । त्यसबेला सिटौला समूहबाट उम्मेदवार बनेका उनले ५८४ मत पाएका थिए । उनका ससुरा अर्जुननरसिंह केसी शेरबहादुर देउवा समूहबाट महामन्त्रीका उम्मेदवार थिए । तर रामचन्द्र पौडेल समूहका डा. शशांक कोइराला निर्वाचित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here