केपी ओली कम्युनिस्टको नाममा कलंक भएको नेता नेपालको आरोप

0
8

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले ओली प्रवृत्तिकै कारण नेकपा एकता विफल र अहिले आएर पार्टी नै विभाजित गर्नुपर्ने अवस्था आएको बताएका छन्। आइतबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले केपी ओलीकै कारण नेकपा एमाले पार्टी मृत प्रायः अवस्थामा पुगेको समेत आरोप लगाएका छन्। नेपालले पार्टीका केही नेताहरुले बीचैमा आफूलाई धोका दिएको भन्दै गुनासो पनि गरे । उनले ओली सत्ता बाहेक केही नरोच्ने व्यक्ति रहेको आरोप लगाउँदै विश्वासको मत नपाउँदा पनि राजीनामा दिएर नैतिकता नदेखाएको समेत टिप्पणी गरेका छन् । ओलीमा आफू प्रधानमन्त्री नहुने हो भने कुर्सी नै भाँचिदिने प्रवृत्ति रहेको भन्दै ओली कम्युनिस्टको नाममा कलंक भएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here