बाढीले बगाउँदा नवलपरासीमा दुई जनाको मृत्यु, एक जना बेपत्ता

0
7

बुटवल – बाढीले बगाउँदा नवलपरासीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामग्राम नगरपालिका–१८ बञ्जरियाका ३७ वर्षीय विनोद प्यासी र उनका छोरा १३ वर्षीय प्रदीप रहेका जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब उपरीक्षक राजु लामाले बताए । प्रहरी नायब उपरीक्षक लामा का अनुसार बाढीमा परि एक जना बेपत्ता भएका छन् बेपत्ता हुनेमा सुनवल नगरपालिका–१४ की एलिसा तामाङ रहेकी छन्।
घरमा बाढी पसेपछि ज्यान बचाउन निस्किँदा खेतमा डुबेर उनीहरूको मृत्यु भएको लामाले जानकारी दिएका छन्। उनीहरूको शव केही तल खेतमा फेला परेको थियो । तामाङको अवस्था भने अहिलेसम्म अज्ञात रहेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक कृष्ण धितालले जानकारी दिए । उनलाई पनि बाढीले बगाएको प्रहरीको अनुमान छ । रातिदेखिको भीषण वर्षाले नवलपरासी सदरमुकाम परासी बजार डुबानमा परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here