बढ्यो सुनको मूल्य

0
8

काठमाडौँ – आज नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ। बिहीबार प्रतितोला २ सय रुपैयाँले घटेको सुन तोलामा ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज तेजावी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन हिजो प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको भाउ भने ओरालो लागेको छ । आज चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here