भदौ ९ गतेदेखि तेह्रथुम पावर कम्पनी लिमिटेड द्वारा सर्वसाधारणका लागि साधार शेयर जारी हुने

0
70
Text IPO made of wood cubes on white textured putty background. Abbreviation of 'Initial public offering'. Square wood blocks. Top view, flat lay.

काठमाडौं – तेह्रथुम पावर कम्पनी लिमिटेड द्वारा सर्वसाधारणका लागि साधार शेयर (आईपीओ) जारी हुने भएकोछ । कम्पनीले आगामी भदौ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । कुल निष्काशनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता शेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ भने ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। आईपीओका लागि भदौ १३ गतेसम्म आवेदन दिन सकिने बताइएको छ। कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । आवेदकहरुको संख्या ठूलो हुने भएकाले न्युनतम १० कित्ताका लागि आवेदन दिए पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here