काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप्ने तयारि

0
11

काठमाडौं – काठमाडौं उपत्यकामा निषेधाज्ञालाई निरन्तरता दिइने भएको छ । कोरोना संक्रमण र मृत्युदर फेरि बढेकाले निषेधाज्ञालाई निरन्तरता दिइने तयारी भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । निषेधाज्ञा अहिलेकै मोडालिटीअनुसार कायम गर्ने वा कडाइ गर्ने भन्नेमा आज सरोकारवालासँग छलफलपछि निर्णय हुने उनले बताए । संक्रमण बढेको भन्दै यसअघिबाट राति ८ बजेपछि सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । संक्रमणदर बढेको भन्दै दोस्रोपटक कक्षा १२ को परीक्षा पनि स्थगित गरिएको थियो ।पछिल्लो साता थपिएको निषेधाज्ञा मंगलबार राति १२ बजे सकिदैछ । देशभर संक्रमण बढेपछि काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here