गायिका सोमा खत्रीको तीज गीत फेरी चर्चामा, कस्तो छ त? हेर्नुहोस भिडियो सहित

0
50

काठमाडौं – गायिका सोमा खत्रीको तीज गीत ‘गाउँ तीजमा स्वर खोली बजाउँ सबले ताली’ फेरी चर्चामा आएको छ। यो गीत करिब चार बर्ष पहिले विन्ध्यवासिनी म्युजिक प्रालि मार्फत प्रकाशनमा आएको हो तर मौलिक र नेपालि माटो सुहाउँदो भएकोले अहिले फेरी चर्चामा आएको र सदाबहार नै रहने गायिका खात्रिले बताएकी छन्। गीतमा देवदत्त भत्ताको शब्द रचना र सप्रेमको लय रचना रहेको छ।
गीतको भिडियोमा सप्रेमको निर्देशन रहेको छ भने कोरियोग्राफी करुणा खत्री थापाको रहेको छ। जसमा करुणा खत्रिकै नृत्य देख्न सकिन्छ। राम सिंह भाटले छायांकन गरेको भिडियोलाई कुमार पुर्बेलीले सम्पादन गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here