अफगानिस्तानमा रहेका नेपालीको अभिभाकत्व सरकारले लिने प्रधानमन्त्री देउवाको भनाइ

0
25

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा उद्धारको प्रतीक्षामा रहेका नेपालीको अभिभाकत्व सरकारले लिने बताएका छन् ।
प्रधानमन्त्री देउवाले त्यहाँ रहेका नेपालीको स्थिति बुझ्न र अत्यावश्यक अस्थितिमा उद्धार प्रवन्ध मिलाउन आइतबार नै निर्देशन दिइसकेको पनि जानकारी गराएका छन् । ‘सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो । सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ,’ सोमबार बिहान ट्वीट गर्दै देउवाले भनेका छन् ।
अफगानिस्तानको सत्ता तालिबानले कब्जा गरेसँगै विदेशी मुलुकले धमाधम आफ्ना नागरिक उद्धार गरिरहेका छन् । तर नेपालीलाई सरकारले उद्धार नगरेको भन्दै आलोचना भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here