हुम्लामा काठको साघुँ तर्नेक्रममा चिप्लिएर नदीमा खस्दा दुईजना बेपत्ता, खोजीकार्य जारि

0
80

सिमकोट- हुम्लामा काठको साघुँ तर्नेक्रममा चिप्लिएर नदीमा खस्दा दुईजना बेपत्ता भएका छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ थाली र बाजुराको कवाडी सीमाक्षेत्रमा अवस्थित यार्बाबाट उनीहरु बेपत्ता भएका जनाइएको छ । बेपत्ता हुनेमा ४२ वर्षीय जस्या रावल र १६ वर्षीया सुनिता रावल छन। स्थानियका अनुसार उनीहरु बाजुराको वन क्षेत्रमा जडीबुडी सङ्कलन गर्न जानेक्रममा बुधबार साँझदेखि बेपत्ता भएका थिए। हराइरहेकाहरुको खोजी जारी रहेको स्थानीयले बताएका छन् । जडीबुटी सङ्कलनका लागि थाली गाउँका करिब ३० जना गएका बताइएको छ । हुम्लासहित बाजुरा, मुगु, बझाङलगायतका नागरिक यस याममा जडीबुटी सङ्कलन गर्न पाटनतिर जाने गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here