रेडजोनमा काठमाडौँ उपत्यका,भविष्यमा भयावहको अवस्था सिर्जना हुन नदिन आजदेखि निषेधाज्ञामा कडाइ

0
91

काठमाडौँ – काठमाडौँ उपत्यका कोरोना संक्रमणको दृष्टिकोणले रेडजोनमा पुगिसकेको रिपोर्ट विज्ञहरुले दिएका कारण भविष्यमा भयावहको अवस्था सिर्जना हुन नदिन आजदेखि निषेधाज्ञा कडाइ गरिँदै छ । आज रातको समयमा ८ बजेदेखि सवारी साधन चल्न नदिने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । प्रत्येक दिन स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग संक्रमणको जोखिम र यसको रोकथाम तथा नियन्त्रणको उपायबारे समन्वय हुने गरेको उनले बताए । रात्रिकालीन व्यवसाय होटल, रेष्टुरेण्टहरु सञ्चालन गर्दा स्वास्थ्य प्रोटोकलहरुको पालना हुन नसक्दा भीडभाड बढेर संक्रमण बढ्ने जोखिम देखिएको उनको भनाइ छ। निषेधाज्ञा अवधिभर सबै प्रकारकार सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार नाचघर, क्लब लगायत धेरै मानिस भिडभाड हुने क्षेत्र खोल्न पाइने छैन । विज्ञप्तिमा खुला स्थानमा मानिसहरु भेला भई भिडभाड गर्न, जुलुस, जात्रा महोत्सव भोज भतेर लगायतका क्रियाकलाप गर्न पाइने छैन । पुजारीबाट हुने नृत्य पूजा बाहेकका अन्या धार्मिक तथा साँस्कृतिक गतिविकिहरु सञ्चालन गर्न नपाउने उल्लेख गरिएको छ ।
शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन गराउन नपाउने बताइएको छ। औषधी तथा स्वास्थ्य सामाग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्बाध रुपमा संचालन गर्न पाइने छ भने औषधी पसल बाहेक अन्य व्यवसायहरु साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।
कुल स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने र यात्रु र सवारी चालक, सहचालकले अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्नुपर्ने उल्लेख गरिएको छ। उपत्यका भित्र सञ्चालन हुने निजी सवारी साधनको हकमा स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी सञ्चालन गर्न पाइने जनाइएको छ । अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुलाई आवतजावत गर्न दिइने छ।
बढीमा २५ जना परीक्षार्थी राख्नेगरी परीक्षा सञ्चालन गर्न पाउने निर्णय भएको छ । तर सरकारले तोकेको मापदण्ड बिमोजिमको भौतिक दूरी कायम हुने व्यवस्था मिलाउनुपर्ने छ। हाल संक्रमणको दर २० देखि २५ रहेको छ जुन उच्च संक्रमण रहेको विज्ञ बताउँछन् । अहिले प्रत्येक चार जनाको परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भइरहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here