देशभर ९८० संक्रमित आईसीयू र भेन्टिलेटरमा, हेर्नुहोस कुन प्रदेशमा कति ?

0
13

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९८० कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ।
मन्त्रालयको (बुधबार) को तथ्यांक अनुसार देशभर हाल ७९६ कोरोना संक्रमितको आईसीयूमा र १८४ को भेन्टिलेटरमा गरी कुल ९८० जना उपचाररत छन्। मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १४८ जना आईसीयूमा र ५५ जना भेन्टिलेटरमा उपचाररत छन्।
यसैगरी, प्रदेश २ मा ४ जनाको आईसीयूमा उपचार भइरहेको छ । बागमती प्रदेशमा ५०२ जना आईसीयूमा र १०८ जना भेन्टिलेटरमा उपचारत छन्। त्यस्तै, गण्डकी प्रदेशमा ६८ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा लुम्बिनी प्रदेशमा ५९ जना आईसीयूमा र १२ जना भेन्टिलेटरमा, कर्णालीमा ८ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यसैगरी, सुदूरपश्चिम प्रदेशमा ७ जना आईसीयू र ६ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइररहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here