डाका मुद्दामा ५ वर्षदेखि फरार युवकलाई प्रहरीले काठमाडौँको गोङ्गबुबाट पक्राउ गर्यो

0
18

काठमाडौं – डाका मुद्दामा ५ वर्षदेखि फरार एक युवकलाई प्रहरीले काठमाडौँको गोङ्गबुबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार धादिङको निलकण्ठ नगरपालिका–११ घर भएका २४ वर्षीय अर्जुन नेपालीलाई बुधबार पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहका अनुसार जिल्ला अदालत काठमाडौंले उनि विरुद्ध २०७३ जेठ २४ मा ११ महिना ८ दिन कैद र २ लाख ६७ हजार जरिवाना हुने फैसला गरेको थियो । सहकारी संस्था, विभिन्न मानिसका घर र डेरा कोठाबाट धनमाल डाका गर्ने अर्जुनविरुद्ध प्रहरीले डाँका मुद्दामा अनुसन्धान गरेको थियो । उनीसहितले विभिन्न समयमा विनोद भण्डारी, मोहनकाजी श्रेष्ठ र माधव पन्तको घरमा गएर नकवजनी चोरीमा गरेको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ । अहिले प्रहरीले उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराई कारागार पठाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here