नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

0
10

काठमाडौँ – नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। कार्यतालिकाअनुसार गाउँरनगर वडाअधिवेशन यही साउन १२ गते, गाउँरनगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते तोकिएको थियो। यद्यपि, क्रियाशील सदस्यताको विवादका कारण साउन २० गतेसम्मको अधिवेशन कार्यतालिका प्रभावित भइसकेको छ। यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here